६, जेठ २०७६
तस्बिर डिजाईन श्रीजन ताम्राकार
एनआरएनए अमेरिकाको सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्यबाट सातजना पदाधिकारीहरु केन्द्रिय नेतृत्वमा निर्वाचित भएका छन् ।
यसरी निर्वाचित हुनेहरुमा आईसीसी सदस्यमा जेदु पोख्रेल र शिवराज पौडेल अनि एनसीसी उपाध्यक्षमा कृष्ण जिबि पन्थ रहेका छन् । त्यस्तै बोर्ड अफ डाइरेक्टर पदमा चित्रा कार्की, दुर्गाप्रसाद श्रेष्ठ, अम्मर छन्त्याल, धरम विश्वकर्मा रहेका छन् ।
सबै उमेद्वारहरुले नेप्लिज डायस्पोरासंग बोल्दै सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार ब्यक्त गरेका छन् ।
यसैगरि एनआरएनएको मेरिल्याण्ड च्याप्टरमा डोलनाथ घिमिरेको अध्यक्षतामा नयाँ टिम बनेकोछ । जसको उपाध्यक्षमा राजु पराजुली, सचिवमा बिष्णु बराल, कोषाध्यक्षमा सुमित्रा गुरुङ,, महिला संयोजकमा सिर्जना पोखरेल, युवा संयोजकमा रुथमान गुरुङ र सदस्यहरुमा क्रमश: भरत थापा, बबिता तामाङ, ज्ञानहरि घिमिरे, सुदर्शन पौडेल र ओशबिन श्रेष्ठ रहेका हुन्।
प्रकाशित मिति :जेठ ६, २०७६ सोमवार -
१७:२२:३६ बजे