Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सिड्नीमा पहिलो पटक नेपाली विज्ञ सम्मेलनको आयोजना हुने

सिड्नीमा पहिलो पटक नेपाली विज्ञ सम्मेलनको आयोजना हुने

सतीश चापागाईं

१, भाद्र २०७५
images
  भदौ १, २०७५ शुक्रवार काठमाडौं – गैरआवासीय नेपाली संघ ओसिनिया क्षेत्रको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा पहिलो पटक विज्ञ सम्मेलन हुने भएको छ । ओसिनिया क्षेत्रमा बसोबास गर्ने विशेषज्ञता हासिल गरेका नेपाली विज्ञहरुलाई एकै थलोमा भेला गरी सम्मेलन आयोजना गर्न लागिएको गैरआवासीय नेपाली संघ, ओसिनिया क्षेत्रका संयोजक धर्मराज अधिकारीले जानकारी दिनुभयो ।   आउँदो सेप्टेम्बर १५ अथार्त भदौ ३० गते आयोजना गर्न लागिएको सम्मेलनमा विदेशमा सिकेका ज्ञान, सीप र प्रविधि नेपालमा कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने अधिकारीले बताउनुभयो । सम्मेलनमा कृषि तथा खाद्य सुरक्षा, पूवार्धार निर्माणतर्फ रेलवे, सुरुङ र राजमार्ग स्वास्थ्य र शिक्षा जस्ता विषयमा विज्ञहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । सिड्नीमा आयोजित सम्मेलनमा प्रस्तुत हुने केही कार्यपत्रहरु अक्टोबर १२ तारिखमा नेपालमै आयोजना हुने विश्व विज्ञ सम्मेलनमा पनि प्रस्तुत गरिने छ । यो सम्मेलनले विश्व विज्ञ सम्मेलनलाई समेत सहयोग पुग्ने गैरआवासीय नेपाली संघ विश्वास लिएको छ । नेपालमा हुने विश्व विज्ञ सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । यस्तै सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको विधान संशोधनका लागि ओसिनिया क्षेत्रका आईसीसी सदस्यहरुबीच छलफल हुने आईसिसी महासचिव डा.बद्री केसीले बताउनुभयो । । उज्यालोबाट ।

images
प्रकाशित मिति :भाद्र १, २०७५ शुक्रवार - १९:०५:०७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend