Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

समाजवादी पार्टी अमेरीका तिर

समाजवादी पार्टी अमेरीका तिर

सतीश चापागाईं

८, आषाढ २०७६
images
-सुरेश चाम्लिङ्ग न्यु हेम्प्शाएर नेपालको संबिधानका केही प्राबधानहरु विभेदकारी छन्, त्यो संशोधन गर्नु अहिलेको आवश्यकता हो । यो संबिधानमा मौलिक हक सम्बन्धि धाराहरु अत्यन्त राम्रा छन्त । तर पहिचान, भाषा,धर्म जस्ता सवालमा यो संबिधानले विभेद गरेका छ । यसलाई संसोधन गरेर उत्कृस्ट संबिधान बनाउने उदेश्यले प्रधानमंत्रीसंग लिखित सम्झौता गरेर हामी सरकारमा गएको हो त्यसको पालना हुन्न भने हामी सरकारमा बस्नुको औचित्य छैन । प्रधानमंत्रीको भारत भ्रमण पश्चात नेपाल आएपछि यस बारेमा कुरा हुन्छ । उक्त कुरा समाजवादी पार्टीको वारिस्ठ नेता अशोक राइले अमेरिकाको न्यु हेम्प्शायर राज्यमा भएको अन्तरक्रिया कार्यक्रममा बताउनु भएको हो । न्यु हेम्प्शायर राज्यको स्थानीय सिटि हुक्सेटमा बिभिन्न संघ संस्थाका प्रतिनीधीहरुबीच अन्तरक्रियामा उठेका जिज्ञाशाहरुको उत्तर दिदै उहाले स्थीर सरकारको कुरो उठेको बेला प्रचण्ड जीले अहिले सम्झौताको कागज निकालेर किन बखेडा गर्नु, पांच वर्ष ओलीजीलाई नै दिए के बिग्रन्थ्यो र? पांच वर्ष मै प्रचण्ड जी एक्स्पाएर भै हाल्ने पनी होइन क्यारे । यो नेताहरुमा इमान्दारिता देखिएन भन्नुभयो । प्रधानमंत्रीले जनतामा सम्ब्रिद्दीको सपना धेरै देखाउनु भो तर त्यसलाई सम्बोधन गर्ने कुनै नीति देखिएन । सरकारी कार्यालय अड्डा अदालत हरेक निकायमा भ्रस्टाचार कमीशनतन्त्र यथावत मात्र होइन कल्पना गर्न नसक्ने गरी बढेको छ, त्यसलाई नियन्त्रण गर्न सकेको छैन। पहिलेकोभन्दा अहिले स्थिति बिग्र्यो भनेर जनता निराश छन् । के हामीले खोजेको गणतन्त्र यहि हो? भनेर जनता अन्योलमा छन् भन्नु भयो । अर्को एक प्रश्नको जवाफ दिनु हुदै अशोक राइले "एमाले फोडेको होइन छोडेको हो र चाइनिज उखान अनुसार दश पटक नाप एक चोटी काटको सिदान्त अनुसार मैले एमाले परित्याग गरेकोले मलाइ कुनै पश्चाताप छैन । एमालेमा अत्यधिक मतले उपाध्यक्ष निर्वाचित भाको हो त्यो पार्टीको नेताहरुको सबैको बारेमा राम्रो थाहा छ । गौरब र आत्मसन्तुस्टी कै बिसय खोजी गर्ने हो भने त मैले हात समाएर पोलिटिक्समा लगाएको, मदन भण्डारीसंग बिहेको प्रस्ताव मैले नै लगेको र बिहे समेत गराई देको व्यक्ति अहिले रास्ट्रपति छिन । म एमालेमा भएको भए लाभको पद त मिल्थ्यो होला तर देशको समुल परिवर्तनको लागि त्यहा बसेर केहि गर्ने अवस्था थिएन/अहिले हिमाल पहाड तराइलाई एक बनाइ मुलुकको आमुल परिवर्तनको लागी लागेको छु, त्यसमा मलाइ गर्व छ" उहाले भन्नु भयो ।   उहा अहिले अमेरीकाको भ्रमणमा हुनु हुन्छ ।उहाले नेपाली फेडेरल सोसाइटी अमेरिका हालको परिवर्तित नाम "नेपाली समाज अमेरिका" द्वारा गरिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम न्यु योर्कमा सहभागी हुनुहुनेछ ।   सोहि सभालाई संबोधन गर्नुहुदै समाजवादी पार्टी महिला इन्चार्ज शुशिला श्रेष्ठले महिला अधिकारको बारेमा बोल्नु भएको थियो । न्यु हेम्पशायर राज्यमा भएको अन्तरक्रिया कार्यक्रममा एनआरएन अमेरिका पुर्व सभापति शिब कुमार राइ,न्युहेम्प्शयार नेपाली कम्युनिटीका अध्यक्ष सोम गुरुङ, नेपाली संघीय समाजका सुरेश चाम्लिङ्ग,लगाएतकाले बोल्नु भएको थियो भने आदिवाशी जनजाती महासंघका सुन्दरी गुरुङ, तमु समाजका शम्भु गुरुङ, एनआरएन बोर्ड मेम्बर छत्रा गुरुङ, तामांग सोसैटिका पुर्व अध्यक्ष फुर्वा तामाङ्ग, युनाईटेड किरात राई अर्गनाइजेसन न्यु इंग्ल्यान्ड च्याप्टर सभापति मुक्ति राई ,जन सम्पर्क समितिका लोक लामा गोले लगाएतका व्यक्तित्वहरुको उपस्थिति थियो ।

images
प्रकाशित मिति :आषाढ ८, २०७६ आइतवार - १०:३६:०९ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend