Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

डिसी सप्ताहमा उठ्यो एक मिलियन २५ हजार डलर ! प्रेम भण्डारी एक्लैले दिए ५० हजार डलर दान

डिसी सप्ताहमा उठ्यो एक मिलियन २५ हजार डलर ! प्रेम भण्डारी एक्लैले दिए ५० हजार डलर दान

सतीश चापागाईं

१३, आषाढ २०७६
images
  गुणराज लुइँटेल भर्जिनिया, अमेरिका वाशिंगटन डिसी। डिसी मेट्रो सप्ताह वाचनको पॉचौं दिनसम्ममा १० लाख २५ हजारको चन्दा संकलन भएको आयोजकहरुले जानकारी दिएका छन । यो रकम जम्मा ३ सय ९९ जना दाताहरुबाट जुटेको हो । चन्दा ओइरिएको देख्दा उत्तर भर्जिनिया क्षेत्रमा अव सामुदायिक भवन बन्ने कुरामा कुनै शंका नरहेको महसूस भएको छ । डिसी मेट्रो सप्ताहको आयोजना उतर भर्जिनियामा सामुदायिक भवन बनाउन सहयोग जुटाउने उद्देश्यले गरिएको हो । सप्ताह आगामी शनिबारसम्म चल्ने छ । हरेक दिन कम्तिमा पनि २ लाख डलरसम्मको दान सहयोग जुटिरहेको बताईएको छ । सप्ताहका मुख्य आकर्षणको रुपमा वाचन प्रवीण दीनबन्धु पोखरेलले दिनको १ बजेदेखि वेलुका ८:३० सम्म नियमित रुपमा महापुराणको प्रवचन दिइरहनु भएको छ । पंडित पोखरेलले बैज्ञानिक पद्दतिको माध्यमबाट भागवत गीताको सारलाई सरल भाषामा लयबद्द तरीकाले प्रस्तुत गरिरहनु भएको छ । बिहीबारसम्ममा सवैभन्दा ठूलो रकम ५० हजार डलर सहयोग गरेर ईन्जिनियर एवं अमेरिकी निर्माण ब्यवसायी प्रेम भण्डारी तथा भवानी भण्डारीले कीर्तिमान राख्दै नेपाल अमेरिका सामुदायिक केन्द्र(एनएसीसी)को संरक्षक बन्नुभएको छ । यसअघि भर्जिनिया फेयरफ्याक्स क्षेत्रमा ब्यबसाय गर्दै आउनु भएका हरिवअधिकारी जोडीले ४० हजारको सहयोग गरेर नेपाल अमेरिका सामुदायिक केन्द्र(एनएसीसी)को पहिलो संरक्षक बन्नु भएको छ । त्यसै गरी डा। मदन उप्रेती र अनामिका उप्रेतीले पहिले २० हजार डलर दान गरी प्लाटिनम सदस्ता लिइसक्नु भएको भएतापनि एक मिलियनभन्दा माथि चन्दा संकलन भएमा डबल बनाउने बचन दिनु भए बमोजिम भोलि ४० हजार पुर्याउनु हुनेछ । यस्तै आज अत्यधिक मात्रामा फाउन्डिंग मेम्बर र ट्रष्टी बनेका छन ।

images
प्रकाशित मिति :आषाढ १३, २०७६ शुक्रवार - १८:५९:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend